नियम ३०
अन्य निकायमा लेखी पठाउनु पर्ने
राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रहेको कुनै अभियुक्तलाई ऐन तथा प्रचलित कानून  बमोजिम समेत कारबाही हुने देखिएमा विभागले आफ्नो क्षेत्राधिकारको विषयमा आफैंले कारबाही गरी अन्य विषयमा प्रचलित कानून बमोजिम कारबाही गर्न तथा प्रचलित कानून बमोजिम मात्र कारवाही हुने देखिएमा सो सम्बन्धी प्राप्त सूचना तथा सङ्लकन गरिएका प्रमाण, कागजात समेत संलग्न गरी सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ ।